काठमाडौं, १८ फागुन । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार राजधानीको राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गर्ने व्यक्ति पूर्व माओवादी सेना तथा बेपत्ता परिवारको सदस्य नरहेको खुलेको छ ।
नेकपा जुम्ला जुम्ला अध्यक्ष विर बहादुर कुँवरले रतन तिरुवा जुम्लाको सिँजा गाउँपालिका स्थित मुना तिरुवाको छोरा रहेको र उनको परिवारका कुनै पनि सदस्य माओवादी जनयुद्धको शहिद परिवार नरहेको बताएका हुन् । विज्ञप्तिका अनुसार घटनामा समलग्न तिरुवा जुम्लामा समेत अराजनीतिक गतिविधिमा समलग्न थिए । उनलाई प्रहरीले समेत खोजी सुचीमा राखेको विज्ञप्तीमा उल्लेख छ ।
आइतबार नेकपाका नेता स्वर्गिय भरतमोहन अधिकारीको प्रथम वार्षिक पुण्यतिथिमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार भएपनि मञ्चसम्म भने पुग्न सकेको थिएन ।