प्रेमगीत–३ को टिजर सार्वजनिक

दियो पोस्ट  

काठमाडौँ, फागुन १९ । सर्वाधिक प्रतिक्षित नेपाली चलचित्र प्रेमगीत–३ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४६ सेकेण्डको उक्त टिजर मंगलबार साँझ ५ बजे सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त टिजरले चलचित्रमा रहेको कथावस्तुका बारेमा प्रारम्भिक जानकारी दिएको छ । टिजर अनुसार चलचित्रमा निकै कठिन प्रेम कथा हुन सक्ने अनुमान गरिएको छ ।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिस राउत लगायको अभिनय रहेको छ ।

अत्यन्त लोकप्रिय बनेको नेपाली चलचित्र प्रेमगीत पछि सन्तोष सेनले उक्त चलचित्रको सिक्वेल स्वरुप प्रेमगीत–२ हुँदै प्रेमगित–३ सम्म निर्माण गरेका हुन् । सन्तोष सेन र चेतन गुरुङको निर्देशनमा रहेको उक्त चलचित्र आगामी चैत्र २८ गते हलहरुमा प्रदर्शनी हुनेछ ।

टिजर हेर्नुहोस्