
काठमाडौं, २१ फागुन । नेपालको एकमात्रै सरकारी टेलिभिजन नेपाल टेलिभिजनमा चरम भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
टेलिभिजनका पूर्व एक कर्मचारीले अख्तियारमा उजुरी दिएका हुन् । नेपाल टेलिभिजनलाई एचडी प्रविधिमा विस्तार गर्ने क्रममा ८० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको आरोप उजुरीमा छ ।
उजुरीमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका हालका कार्याकारी अध्यक्ष महेन्द्र विष्टको नेतृत्वमा भ्रष्टाचार भएको आरोप छ ।
यस्तो छ उजुरी
