अन्तत : प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण सफल !

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको र त्यो सफल भएको चिकित्सकहरुले बताएका छन् । मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए।