सिप्रदी ट्रेडिङका मालिक सौर्य राणाको क्रुरता : श्रीमतीमाथि दर्दनाक कुटपीट !

दियोपोस्ट संवाददाता

काठमाडौं, २२ फागुन । पछिल्लो समय नेपालमा प्रतिष्ठित र चर्चित घराना भित्रै विभिन्न डरलाग्दा घटना हुन थालेका छन् । पूर्व सचिव अर्जुन कुमार कार्कीको घरमै श्रीमती मुना कार्कीको रहस्यमयी ढंगबाट हत्या भयो । पूर्व राजदूतको केशव झाको पनि घरमै रहस्यमयी ढंगबाट हत्या भयो ।


त्यस्तै एक व्यापारिक घरानाको घरमा पनि दैनिक घरेलु हिंशा हुने गरेको खुलेको छ । घरेलु हिंशाकै कारण ती महिलाको कतै ज्यानै जाने त होइन भन्ने विभिन्न आशंका समेत उब्जाएको छ । घरेलु हिंशाको शिकार भएकी त्यस्ती पात्र हुन् विभा राणा । उनका पति प्रतिष्ठित व्यापारिक घारानाका मध्ये पर्छन् । तर उनै पतिको दैनिक घरेलु हिंशाको सिकार बनेकी छिन् विभा ।

Saurya Rana, President of NICCI with his wife. Photo: THT


उनका पति नेपाल भारत चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष तथा सिप्रदी ट्रेडिङका पूर्वअध्यक्ष सौर्य सम्शेर जंगबहादुर राणाले दैनिक घरेलु हिंशा गर्ने गरेको खुलको हो ।


सार्यको पिटाई यति क्रुर हुन्छ की श्रीमती विभाको आफ्नो बायाँ आखाँको माथिल्लो भागमा गहिरो चोट लागेको थियो । जुन चोटका कारण उनको आँखामा टाँका लगाउनु परेको थियो ।


उनको आँखामा गहिरो चोटका कारण आँखामा रगत लत्पत्तिएको थियो । घटना केही महिना अघिको हो । बैवाहिक जीवनको ४० वर्षमा उनले पत्निमाथि कयौं पटक कुटपीट गरे । कुटपीटका कारण श्रीमती विभाले कयौँ पटक अस्पताल भर्ना हुनु पर्यो । पतिकै पिटाईका कारण उनी कयौं समय आफ्नो माइत भारत फिर्ता गएको समेत खुलेको छ ।


गत वर्ष मंसिरमा उनको पतिकै कुटाईका कारण उनी नर्भिक अस्पताल भर्ना भइन् । चोटपटकको उपचारपछि उनलाई अस्पतालका डाक्टरले बबरमहल स्थित घर जान सुझाव दिए । तर, उनी घरमा गइनन् । एक नातेदारको घरमा गइन् । त्यहि दिन उनले पति विरुद्ध जाहेरी दिने निर्णय गरिन् ।
‘मलाई लाग्यो म त्यो यातनागृहबाट भागिन भने म मर्नेछु,’ उनले एक अंग्रेजी दैनिकसँग भनेकी थिइन्,‘उ निकै क्रुर थियो । उसले जथाभावी रुपमा मलाई कुटपीट गर्ने गर्थ्यो । उसले मलाई मार्न पनि सक्थ्यो । र, त्यो रात मैले महशुस गरेँ की मेरो लागि मेरो जीवन नै सबैभन्दा महत्वपूर्ण हो ।’
नेपालको एक पुरानो मन्टेश्वरी स्कुल सञ्चालन गर्दै आएकी विभा ६२ वर्ष पुगी सकेकी छिन् । उनको शरीरमा बैवाहिक जीवन शुरु भएपछि कयौं हड्डीहरु भाँचिएको छ ।


‘कुटपीट हुन्थ्यो र कुटपीट मात्रै हुन्थ्यो,’ उनले भनेकी थिइन् ।


गत मंसिरको त्यो रातको कुटाईले उनलाई घरेलु हिंशाको केश लिएर प्रहरीदेखि अदालतसम्म पुर्यायो । जसको सुनुवाई काठमाडौं जिल्ला अदालतमा हुँदैछ ।


सिप्रदी ट्रेडिङमार्फत अटो मोबाइलको धन्दा चलाउँदै आएका उनका पति सौर्य सम्शेर जबराले उनलाई घरबाट निष्कँदा आफ्नो सामान लिएर जान समेत रोकेका थिए ।


तर प्रहरीले बयान लिँदा सौर्यले आफूले कुनै पनि घरेलु हिंशा नगरेको बयान दिएका थिए ।
यति लामो समयसम्म किन हिंसा सहिन् भन्ने प्रश्नमा विभा भन्छिन्,‘म आफ्नो बच्चाहरुको भविष्यको लागि कयौँ वर्ष रोकिएर बसेँ । परिवार र खानदानको सम्मानको लागि पनि मैले हिंशा सहनु परेको हो ।’


को हुन् सौर्य राणा ?


सौर्य सम्शेर जबरा निवर्तमान नेपाल भारत उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । उनी कुनै समय नेपाल अटो मोबाइल डिलर्स एशोसियशनको अध्यक्ष समेत थिए । उनी सिप्रदी कम्पनिका पूर्वअध्यक्ष समेत हुन् ।

यद्धपी हाल उनको परिवार नै सिप्रदी मार्फत विभिन्न व्यावसायमा आवद्ध छ । राणाका विभिन्न जलविद्युत कम्पनिमा समेत लगानी छ ।

सिफारिस