बहालवाला उद्योग राज्यमन्त्री मोतीलाल दुगडमाथि ट्रेडमार्क चोरीको गम्भिर आरोप !

दियो पोस्ट  

काठमाडौं, २४ फागुन । केही महिनाअघि मात्रै नियुक्त भएका बहालवाला उद्योग राज्य मन्त्री माथि नै ट्रेडमार्क चोरीको गम्भिर आरोप लागेको छ । उनीमाथि मातहतकै एक विभागले छानबीन समेत गरिरहेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको अति प्रीय पात्र मानिने उद्योग राज्य मन्त्री तथा व्यापारी मोतीलाल दुगड बहुराष्ट्रिय कम्पनि पेप्सीको ट्रेडमार्क चोरी गरेको आरोप लागेको हो ।


बहुराष्ट्रिय कम्पनी पेप्सीको ईन्कले कुरकुरे उत्पादन गर्दै थियो । सो ब्राण्ड लोकप्रिय भइरहेका बेला यता मोतीलाल दुगडको स्पाइसेज एण्ड फुड प्रडक्ट प्रालिका नामबाट नेपाली बजारमा कुरकुरे दर्ता मात्र भएन, अरूले वर्षौंको मिहिनेतबाट ख्याति कमाएको ब्राण्डको नक्कल गरी ल्याइएको कुरकुरेले बजार खान थाल्यो ।


विराटनगरमा ह्यारिसन प्यालेश नामक स्टार होटल सञ्चालन गर्दै आएका अर्बपति व्यापारी दुगडको अकुत सम्पत्ति छ । उनको सम्पत्तिको स्रोत समेत खुल्दैन ।

नक्कली उत्पादन गरेर सक्कली उत्पादक पेप्सीलाई दुख दिएपछि पेप्सीले उनी विरुद्ध विभिन्न निकायमा उजुरी गरेको थियो ।


यो विवाद पाटन उच्च अदालत हुँदै यतिबेला उद्योग विभागमै फर्किएको छ । दुगढ आफै उक्त विभागलाई निर्देशन दिने तालकुदार निकायमा छन् । उनीमाथि छानबीन गर्नु भनेको विभागका लागि फलामको चिउरा चपाउनु सरह हो ।


त्यसो त दुगडको कम्पनीविरुद्ध बहुराष्ट्रिय कम्पनी पेप्सीको इन्क मात्र होइन, मेरिगोल्ड पनि कानुनी लडाइँमा छन् । चोरेर खाने दुगड एक्ला होइनन् । यस्तो समूह ठूलो रहेछ ।