२६ फागुन । चितवनकी चिकित्सक डाक्टर विष्णु माया खरेलको निधन भएको छ । डा. खरेललाई लामो समयदेखि क्यान्सर रोगले गाँजेको थियो ।
महिला अधिकारकर्मी समेत रहेकी उनी चितवनको भरतपुरमा रहेको अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा प्रबन्ध निर्देशक समेत थिइन् । उनको गयराती उपचारको क्रममा निधन भएको हो । पेटको क्यान्सरले ग्रस्त खरेलको उपचारको क्रममा गए राती पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको हो ।
उनको परिवारमा ३ सदस्य रहेका छन् । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि विहान ८ बजेदेखि १० बजेसम्म अलाइभ हस्पिटलमा राखिने परिवारीक स्रोतले जनाएको छ ।