काठमाडौँ, फागुन २८ । निवर्तमान सुचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको घरमा बम विस्फोेट भएको छ । बुधबार भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका–१ मा बास्कोटाको निर्माणाधिन घरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
बिहान ७ बजेर ४५ मिनेट जाँदा भएको विस्फोटबाट बिस्फोटबाट घरको पर्खाल र सिसामा क्षति पुगेको बताइएको छ । विस्फोटबाट बास्कोटाको घर नजिक रहेको अन्य छिमेकीको घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
उनको घर नजिकै राखिएको मारुती भ्यानमा समेत विस्फोटले क्षति पुर्याएको छ ।
बम विस्फोट किन र कसल गर्यो भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।