घुष वार्तामा विवादित जिता बराल भ्रष्टाचार विरोधी ज्ञानेन्द्र शाहीको अभियान्ता !

दियो पोस्ट  

काठमाडौं, २९ फागुन । नर्सिङ काउन्सिलले लिने लाइसेन्स परिक्षामा घुस वार्गेनिङ गरेको आरोप लागेकी जिता बराल भ्रष्टाचार विरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीकै अभियानका सदस्य रहेको खुलेको छ ।


उनले एक परिक्षार्थीसँग ३ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो । बरालले एक परिक्षार्थीसँग घुस लिएको एकाउन्ट नम्बर र जम्मा भएको रकम बारे गरिएको स्क्रिन सर्ट समेत सार्वजनिक भएको छ । यद्धपी यस विषयमा सम्बन्धित निकायले एकिन छानबीन गरिसकेका छैनन् ।


विगत लामो समयदेखि भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीको सदस्य बनेर हिँडेकी उनी केही महिना अघि मात्रै नेपाल नर्सिङ काउन्सिलको सदस्य निर्वाचित भएकी थिइन् । उनी नर्सहरु माझ निकै लोकप्रीय पात्र समेत हुन् ।


जिताको एकाउन्ट नम्बरमा २ लाख ५० हजार जम्मा भएको स्क्रिन सर्टमा उल्लेख छ । बाँकी रकम भने रिजल्ट पश्चात जम्मा गर्ने घुस ट्रान्सफर गर्ने व्यक्तिले लेखेको स्क्रिनसर्टमा देखिन्छ ।

सिफारिस