एनआइसी एशिया बैंकको चरम ज्यादती : पूर्व इन्सपेक्टरकै खाताबाट एकाएक २५ हजार गायब !

दियो पोस्ट  

काठमाडौँ, चैत्र ३ । व्यवस्थापनकै मिलेमतोमा स्विफ्ट ह्याक हुँदा ४६ करोड रुपैयाँ एकै साथ गुमाएको एनआइसी एशिया बैंकले ग्राहकमाथि समेत खेलबाड गर्न थालेको छ । ग्राहकमाथि हुन चालेको चरम खेलबाडको घटनामा बैंककै उच्च अधिकारीको मिलेमतो हुने गरेको छ ।

शाखा विस्तारकै क्रममा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागहरुमा एटिएमको संख्या पनि ह्वात्तै बढाएको एनआइसी एसिया बैँकले एटिएमको अवस्था र प्राविधिक दुरुस्ततालाई भने बेवास्ता गरेको छ । बैँकले विभिन्न स्थानहरुका एटिएमले नचल्ने, चलेको भएपनि ढिलासुस्ती हुने, पैसा निकाल्न नमिल्ने लगायत थुप्रै समस्याहरु एनआइसी एसिया बैँकका ग्राहकका लागि सामान्य जस्तै बनिसकेको छ ।

वाह्य रुपमा ग्राहक तान्नका लागि चर्को विज्ञापनको माध्ययमबाट विभिन्न किसिमका योजनाहरु सार्वजनिक गरिरहँदा बैँक भित्रकै कर्मचारी व्यवस्थापन र अन्य आन्तरिक व्यवस्थापनमा भने एनआइसी एसिया बैँक चुकेको छ ।

एनआइसी एसिया बैँककै ग्राहक रहेका बिनि महादेव पौडेलले फागुन २८ गते चितवन स्थित लायन चोकमा रहेको एटिएम बाट २५ हजार निकाल्ने प्रयास गरेका थिए । उनले एटिएममा पैसा निकाल्न कोड दबाए । रकम आएन तर आफ्नो स्टेटमेन्टबाट भन् २५ हजार रुपैयाँ गायब भयो । नेपाल प्रहरीका रिटायर्ड प्रहरी निरिक्षक समेत रहेका पौडेल यतिबेला आफूले पैसा ननिकालेको तर स्टेटमेन्टबाट पैसा गायब भएको उजुरी लिएर बैंकमा धाउँदैमा हैरान छन् ।


उनले अर्घाखाँचीमा रहेको एनआइसी एसिया बैँकमा गुनासो समेत गरे । तर सुनुवाई भने नभएको उनले बताएका छन् । आइतबार सामाजिक संजाल मा लेख्दै पौडेलले अहिलेसम्म सो रकम आफ्नो खातामा फिर्ता नभएको जानकारी गराएका छन् ।

उनले एनआइसी एसिया बैँकभित्र हुने गरेका अन्य बेथितिहरुको समेत पर्दाफास गरेका छन् । बैँकको डिलासुस्ती, झन्झटिलो प्रकृया, चेकबुकमा सामान्य हस्ताक्षर नमिल्दा समेत फर्किनुपर्ने,शंका लागेमा खातावाललाई एक कल फोन गरेर नसोध्ने, कर्मचारीको रुखो प्रस्तुती लगायत अन्य धेरै समस्या एनआइसी एशिया बैँकभित्र रहेको बताएका छन् ।

पौडेलले ब्राञ्च मेनेजर दिपक श्रेष्ठकै अनुरोधमा आफ्नो ५ सय भन्दा बढी साथीहरुलाई भनेर एनआइसी एसियामा खाता खोलेको समेत बताएका छन् । उनले ग्राहकको संख्या बढ्दै गर्दा उनिहरुलाई प्रदान गरिने सुविधाको बारेमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।
अर्का ग्राहकले भने डिपाजिट गर्न नपाएर आफू फर्किएको बताएका छन् ।