रुबिभ्यालीमा सडक निर्माण गरिरहेको ड्रोजरको तेलमा नुन मिसाइयो, करोडौंको क्षेती !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता
धादिङ, ४ चैत्र । धादिङको रुबीभ्याली गाउँपालिकामा सडक निर्माणमा रहेको डोजर स्क्याभेटरको तेलमा अज्ञान समुहले नुन मिसाइदिएका छन् ।


रुवीभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लिङमा सडक निर्माण गरिरहेको डोजरमो मेसिन विगार्ने उद्देश्यले नुन हालिएको प्रारम्भिक खुलाशा भएको छ ।


तिप्लिङको लब्दुङ, पुरु देखि लिङजोसम्मको सडक ट्राक खोल्दै गरेको मण्डला निर्माण सेवाको डोजरलाई खराबी गराउने उद्देश्यले ड्रममा नुन मिसाइएको पाइएको हो ।


नुन मिसाइएको तेल प्रयोग भएपछि डोजरमा पूर्ण रुपमा क्षेति भएको छ ।


मण्डला निर्माण सेवाका निर्देशक राम सिंह तामाङका अनुसार उपभोक्ता समितिले निर्माण कम्पनिसँग डोजर प्रयोगको सम्झौता गरेको थियो ।


तेलमा नुन मिसाइएपछि एक करोड बराबरको स्क्याभेटर विग्रिएको छ ।


‘एकै पटक धुवाँ आएपछि रोकिएन । प्राविधिकहरुले बनाउनका लागि नोजल फेरियो । तर, बनेन । विभिन्न पार्ट पुर्जा परिवर्तन गर्दा समेत नचलेपछि हामी हैरान भयौँ,’ उनले भने,‘ड्रममा हेर्दा ४ माना जति नुन भेट्यौँ ।’ घटनापछि निर्माण कम्पनिले प्रहरीमा उजुरी दिने तयारी गरेको छ ।’


जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रुपक खड्कालाई यस विषयमा सोध्न सम्पर्क गर्दा अहिले जानकारी आइनसकेको बताए ।

TATA ADD