काठमाडौं, ६ चैत्र । मेलम्ची खानेपानी आयोजनाको ठेक्का विवाद पछि नेपालबाट भागेको इटलियन ठेकेदार कम्पनि कर्पोरेटिभा मुराटोरी एण्ड सिमनटिष्ट सिएमसीडि रेभेना इटली अर्थात सिएमसले करोडौं रुपैयाँ कर नतिरी फरार भएको पाइएको छ ।
ठूला करदाता कार्यालयले कर निर्धारण गर्नका लागि गोरखापत्रमै सुचना प्रकाशन गरेको छ ।
२०७० देखि नै कर नतिरेको उक्त कम्पनिले कर नतिरेपछि कर निर्धारणका लागि ठूला करदाता कार्यालयले हुलाक मार्फत कम्पनिको नेपालको ठेगानामा पत्राचार गरेको खुलेको छ ।
राजधानीको थापाथली स्थित ट्रेड टावरमा कार्यालय रहेको सिएमसीले कर निर्धारणका लागि १५ दिने अल्टिमेटम पाएको छ । अन्यथा कानुन बमोजिम कारबाही हुने ठूला करदाता कार्यालय हरिहर भवनले जनाएको छ । तर सिएएमसीका प्रतिनिधिहरु सम्पर्क बाहिर रहेको जनाइएको छ ।