एजेन्सी ः कोरोना भाइरसबाट संक्रमित भारतीय गायीका कनिका कपुर विरुद्ध उत्तरप्रदेश प्रहरीले लापरबाही गरेको भन्दै एफआइआर दर्ता गरेको छ ।
उनी विरुद्ध आइपीसीको धारा १८८,२६९ र २७० अनुसार मुद्दा दर्ता गरिएको हो । यो धारा अनुसार लापरबाही गरेर संक्रमण फैल्याएको र अर्को व्यक्तिको ज्यान लिन खोजेको मामलामा मुद्दा चल्छ ।
९ मार्चमा लन्डबाट भारत फर्किएकी उनलाई विमानस्थलमा स्क्रिनिङ गरिएको थियो । लन्डनबाट फर्किएकी उनी विभिन्न पार्टीहरुमा भाग लिन पुगेकी थिइन् ।