दियोपोस्ट संवाददाता
काठमाडौं, ८ चैत्र । अन्य निकायले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने सञ्चारकर्मी र पत्रकारहरु नै विभिन्न काण्डमा मुछिन थालेका छन् । चितवनको भरतपुरलाई कार्यक्षेत्र बनाएर विभिन्न सञ्चार माध्यमको पत्रकार बताउने एक व्यक्तिले प्रहरीसँग पैसा मागेको अडियो सार्वजनिक भएको छ ।
आफूलाई भण्डाफोर डटकम लगायत सञ्चार माध्यममा कार्यरत रहेको बताउने प्रनिसजंग थापाले प्रहरीका एक अधिकारीलाई पैसा आइएमइ गरिदिन भन्दै धम्कीपूर्ण रुपमा पैसा जम्मा गरे ठूला हाकीमलाई भनेर जोगाइदिने सम्मक भन्न भ्याएका छन् ।
‘म यता एआइजी केशरी सरले बोलाउनु भएर म हेटौंडा जाँदैछु । मलाई दिउँसै बोलाउनु भएको हो । ३ बजेतिर मलाई फोन हानेर बोलाउनु भएको थियो । अहिले म बिजि छु । म पछि आउँछु भनेँ । म हेटौंडातिर जाँदैछु । खैत भेट्छु भनेको मान्छे आएनौ,’ उनले अडियोमा भनेका छन् ।

फोनमा बोल्ने प्रहरी अधिकारीले ‘म घरमा थिएँ । भर्खर आइपुगेको आदि घण्टाजती भयो ।’
भन्छन्, जवाफमा प्रनिशले भन्छन्,‘मलाई आइएमइ गरिदिन्छौ । आइएमइ गर्देउ न त । म प्रदेश २ मा चुनावको रिपोर्टिङका लागि जान्छु । म चितवन हुँदिन । यो चुनाव सिद्धिए लगत्तै म आउँछु ।’
प्रहरी अधिकारीले भेटेरै कुरा गर्ने प्रस्ताव गर्छन् । तर, प्रनिशले आइएमइ नै गर्दिन भन्छन् ।
प्रहरी अधिकारीले प्रनिश थापाकै नाममा आइएमइ गर्ने हो भन्ने प्रश्न गर्छन् ।
पैसा माग्ने पत्रकारले प्रनिश थापाको स्पेलिङ भन्छन् । त्यस्तै टाँडीको आइएइमा गर्न समेत भन्छन् ।
‘आइएमइ गर्देउ । अहिलेलाई टपिक बन्द गर्दिन्छु । तिम्रो बारेमा कसले सुचना दिइरहेको छ त्यो बारेमा पनि म बताइदिन्छु । त्योसित तिमी अलि अलर्ट भएर बस्नुपर्छ ,’ अडियो रेकर्डमा उनले भनेका छन्,‘त्यो मान्छेबाट स्रोत पाएको हो भनेर तिमीलाई मैले पछि भन्छु । त्यही भएर तिमीले मलाई आइएमइ गर्दिन्छौ ।’
चितवनमा पत्रकारीताको आवरणमा ब्ल्याकमेलिङ गर्दै आएका प्रनिश थापालाई केही महिनाअघि प्रहरी दिवसका अवसरमा तत्कालिन प्रहरी उपरिक्षक दान बहादुर मल्लले सम्मान समेत गरेका थिए ।
आर्थिक दैनिकले निकालेपछि प्राइम टाइम टिभिको रिपोर्टर
अडियोमा प्रनिशले आफू आर्थिक दैनिकमा समेत कार्यरत रहेको बताएका छन् । तर, उनलाई विभिन्न व्यक्तिसँग पैसा उठाएको खुलेपछि आर्थिक दैनिकले निष्काशन गरेको थियो । आर्थिक दैनिकले निकालेपछि उनी माउन्टेन टिभिमा पुगेका थिए । तर, माउन्टेन टिभिले समेत निकालेपछि भने उनी अहिले ऋषी धमलाद्वारा सञ्चालित प्राइमटाइम टेलिभिजनमा कार्यरत छन् ।
अडियोमै सुन्नुहोस्
अपडेट
प्रनिश थापाको खण्डन जस्ताको तस्तै :
शनिबार दियो पोस्ट अनलाइनमा प्रहरीलाई पत्रकारको ‘ब्ल्याकमेलिङ’ : आइएमइ गर्देउ, टपिक ‘न्युज’ रोकिदिन्छु ! भन्ने शिर्षकको प्रकाशित उक्त समाचार गलत, भ्रामक र तथ्यहिन भएको कुरा सम्बन्धि सबैमा स्पष्ट गराउन चाहन्छु ।
समाचारमा झन्डै ५ः १२ सेकेन्ड अडियो रेकर्ड सार्वजनिक भए पनि सो, अडियो रेकर्डमा उल्लेख भए अनुसारको कुनै पनि कुरा नरहेको, सम्बन्धि दोस्रो पक्षको बोली र भनाइ काटिएकोले यसबाट कोही पनि भ्रमित नपर्नु हुन सम्बन्धि सबैमा अनुरोध गर्दछु ।
अडियो सुन्ने हो भने सो, कुराकानी २०७४ सालको चुनावको समयमा गरिएको स्पष्ट हुन्छ । २०७४ सालमा गरिएको उक्त कुराकानीलाई २०७६ सालको चैत महिनामा मात्रै सार्वजनिक गर्नुले पनि ब्यक्तिगत स्वार्थका लागी प्रयोग गर्ने उद्देश्य रहेको प्रष्ट हुन आउँछ ।
प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा समेत बिचराधीन रहेको र टुंगिएको यो मुद्दालाई पुनः दुई बर्ष पछि मात्रै उजागर गरेकोले यसतर्फ मेरो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदछु ।
पत्रकारिताको आचारसंहितामा रहेर काम गर्ने गरेको छु । समाचार लेख्नु पुर्व अघि दुई पक्षीयको कुरा नै नसुनी एकपक्षीय ढंगले समाचार हाल्ने गरेकोले उक्त घट्ना आगामी दिनमा नदोर्होयाउनु हुन सम्बन्धि पक्षलाई अनुरोध गर्दछु ।