धादिङ दुर्घटना : यसरी गरियो घाइते वडाध्यक्षको उद्दार (फोटोफिचर)

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, ९ चैत्र । धादिङको गल्छी गाउँपालिका वडा नं १ का अध्यक्ष पूर्णप्रसाद खतिवडा र चालक मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । घाइते उनलाई हेलिकोप्टर मार्फत थप उपचारको लागि काठमाडौं लगिएको छ ।

गल्छीबाट फोस्रेटार–सुनौलाबजार हुँदै धादिङबेंसी तर्फ आउँदै गरेको प्रदेश ०३–००२००१ ब ०४२२ नम्बरको मोटरसाइकल नीलकण्ठ नगरपालिका–६ स्थित गौडेखोलामा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल भीरमा खसेको बताइएको छ ।


वडाध्यक्ष चढेको मोटरसाइकल चालक स्थानीय रामहरि खतिवडा पनि सख्त घाइते भएका छन् ।

घाइतेहरुलाई रेडक्रस, धादिङ सोसियल भोलेन्टियर नेपाल, संयुक्त एम्बुलेन्स चालक संघ र प्रहरी लगायतले उद्दार गरेका थिए ।