बीरगन्जमा कोरोना पुष्टि नहुँदै ‘हल्ला’ : यी हुन् हल्ला फैलाउने सांसद, स्ट्याटस ‘डिलिट’ !

दियो पोस्ट  

काठमाडौं, ९ चैत्र । कोरोना भाइरस कोभिड (१९) बाट बिरगन्जका व्यापारी शिव शंकरण रुङ्गटा संक्रमित भएको खबर भुसको आगो जस्तै फैलिएको छ । भारतको पटना स्थित रहेको पटना मेडिकल कलेजले आधिकारीक पुष्टि नगरेपनि नेपालमा रहेका केही व्यक्तिले भने यसलाई ठूलो हल्लाको मसला बनाएका छन् ।


हल्लाको शुरुवात उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसद प्रदीप यादवले गरेका हुन् । उनले व्यापारी रुंगटालाई कोरोना पोजिटिभ भएको मात्रै लेखेका थिए ।

यद्धपी पटना अस्पतालले कारोना पुष्टि भइ नसकेको बताएपछि भने उनले आफ्नो स्ट्याटस हटाएका छन् ।
कोरोना भाइरसबारे चिकित्सक वा सरकारी प्रतिनिधिले आधिकारीक रुपमा बोल्नु पर्ने हो । तर, सांसद र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी समेत कारोना विज्ञ बन्न थालेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले समेत सञ्चार माध्यममा बिरगन्जका रुंगटामाथि कोरोना पोजिटिभ भएको बताइरहेका छन् ।