प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच सम्बन्ध चिसियो : बोलचालसमेत बन्द !

प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच सम्बन्ध चिसियो : बोलचालसमेत बन्द !

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चालेन्द्र सम्शेर जबराबीच सम्बन्ध चिसिएको छ । उनीहरु दुईबीच दुरी बढेपछि उच्च अदालत र सर्वोच्च अदालतमा हुन लागेको न्यायाधीश नियुक्ती समेत प्रभावित बनेको छ ।


गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतमा विपक्षिमा १३ जना भन्दा बढीले मुद्दा दायर गरेका थिए ।

गत फागुन ११ गते उक्त मुद्दाको सनुवालई गर्दै प्रधानन्यायाधीश जबरासहित ५ न्यायाधीश समलग्न संवैधानिक ईजलाशले संसद विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहर गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन परमादेश दिएको थियो । संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेकै अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन सदर हुनेमा १ सय प्रतिशत विश्वस्त रहेको बताएका थिए ।

संसद पुनस्थापनाको पक्षमा बहस गर्ने सबैभन्दा जेठा अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई सार्वजनिक कार्यक्रममै अपशब्द बोलेर गाली गरेका प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसकै दिन उपराष्ट्रपति नन्द बहादुर पुनमाथि समेत दुर्व्यबहार गरेका थिए ।


आफ्नो असंवैधानिक कदमलाई साथ नदिएको भन्दै पछिल्लो समय प्रधानन्यायाधीश जबरासँग बोलचाल समेत बन्द भएको स्रोतले जनाएको छ ।

उच्च अदालतमा खाली रहेको १९ पदमा प्रतिनिधि सभा विघटन हुनुअघि नै नियुक्तीको चाँजोपाँजो गरिएको थियो । सर्वोच्च अदालतमा खाली रहेको २ पदमा समेत नियुक्ती तयारी थियो । न्याय परिषदमो बैठक बस्ने समेत टुंगो नभएका कारण नियुक्त नै धरापमा परेको हो ।

यद्धपी केही व्यक्ति भने न्यायधीश बन्ने दौडमा छन् । ढकाल थरका एक अधिवक्ता उच्च अदालतको न्यायधीश बन्न पाउँदै भन्दै न्याय परिषदका सदस्य लक्ष्मि बहादुर निरालालाई बायोडाटा बुझाउन पुगेका छन् ।

उनले आफू पनि राजावादी भएको भन्दै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको पक्षमा समेत वकालत गरेकोले कार्यकुशलताको आधारमा आफूलाई नियुक्ती दिनुपर्ने बताउँदै आएका छन् ।

Trending News