काठमाडौं आउँदा आउँदै विप्लवको तस्विर सार्वजनिक : नवलपरासीमा शहिद परिवारलाई भेटे !

काठमाडौं आउँदा आउँदै विप्लवको तस्विर सार्वजनिक : नवलपरासीमा शहिद परिवारलाई भेटे !

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं आउँदै छन् ।

प्रधानमन्त्री केपी ओलीसँगै एकै मञ्चमा भाषण गर्न उनी काठमाडौं आउँछन् । २ वर्षअघि देखि भूमिगत रहेका उनी आजै सार्वजनिक हुने कार्यक्रम छ ।

तर, काठमाडौं आउँदै गरेका उनको तस्विर भने सार्वजनिक भएको छ । काठमाडौं आउँदै गरेका उनी नवलपरासीमा एक शहिद परिवारलाई भेट्न पुगेका छन् ।


यसअघि हिजो विहिबार बसेका मन्त्रिपरिषद बैठकले विप्लव समुहमाथिको प्रतिबन्ध हटाएको थियो । सरकार र विप्लव समुहबीच ३ बुँदे सहमति भएको छ ।

Trending News