काठमाडौं आउँदै गरेका नेकपा महासचिव विप्लवलाई सशस्त्र प्रहरीको स्कर्टिङ !

काठमाडौं आउँदै गरेका नेकपा महासचिव विप्लवलाई सशस्त्र प्रहरीको स्कर्टिङ !

काठमाडौं, २१ फागुन । स्थलमार्ग हुँदै काठमाडौं आउँदै गरेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई सशस्त्र प्रहरीको स्कर्टिङको व्यवस्था गरिएको छ । केहीबेरअघि उनी पूर्वि नवलपरासीको नवलपुरमा शहिद फूलमायाँ सारुको परिवारलाई भेटेका थिए । त्यतिबेला उनीसँगै सशस्त्र प्रहरी समेत देखिएका थिए ।


‘स्कर्टिङ नै गर्ने भन्ने स्पष्ट आदेश त छैन । तर, एउटा नागरिकले पाउनुपर्ने व्यवस्थाका हिसाबले हामीले सुरक्षा प्रबन्ध गरेका छौँ,’ पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले भनिन्,‘जनपथ र सशस्त्र प्रहरीले मिलाएर सुरक्षा प्रबन्ध मिलाएका छन् ।’


स्कर्टिङको व्यवस्थाको विषयमा गृह प्रवक्ता चक्र बहादुर बुढालाई सोध्दा आफुलाई थाहा नभएको बताए । ‘यो विषयमा मलाई थाहा भएन सशस्त्र प्रहरीलाई नै बुझ्न पर्ला की,’ बुढाले भने ।


सरकार सँग विप्लव समुहले ३ बुँदे सहमति गरेपछि सरकारले विहिबार नै हेलिकोप्टरको व्यवस्था गरेको थियो । तर, उनले हेलिकोप्टर चढ्न अस्विकार गरेका थिए । उनी स्थलमार्ग हुँदै शहिद परिवारलाई भेट्दै काठमाडौं आउँदैछन् । महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एकै साथ राष्ट्रिय सभागृहबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

Trending News