चैत्र २० गतेसम्म सबै शैक्षिक संस्था बन्द : यस्तो छ शिक्षा मन्त्रालयको निर्णय !

दियोपोस्ट संवाददाता

काठमाडौं, १६ चैत्र । शिक्षा मन्त्रालयले वायु मण्डलको प्रदुषणलाई लिएर भोलीदेखि नै लागु हुनेगरि ४ दिनसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकको सिफारिसको आधारमा मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो ।


आगामी चैत्र २० गतेसम्म सबै शैक्षिक संस्था बन्द रहने मन्त्रालयले जनाएको छ ।

यद्धपी विश्वविद्यालयहरु तथा उच्च शिक्षा प्रदायक संस्थाहरुको पूर्वनिर्धारित परिक्षा भने चल्नेछन् ।


विगत तीनदिन देखि काठमाडौं उपत्यकासहित देशै भरको वायु मण्डल प्रदुशित बनेको छ । वायु मण्डल प्रदुषण भएको ३ दिनपछि सरकारले यस्तो निर्णय लिएको हो ।

सम्बन्धित खबर