८८ किलो सुन तस्करी गर्ने गिरोहको हुण्डी कनेक्शन : धर्मराज र तिर्थराजको खोजी !

दियोपोस्ट संवाददाता

काठमाडौं, १६ चैत्र । नेपालमा ईन्टरप्राइजेजको आवरणमा हुण्डीको अवैध धन्दा हुने गरेको पाइएको छ । काठमाडौंको लाजिम्पाटमा रहेको सिद्धबाबा ईन्टरप्राइजेजको आवरणमा हुण्डीको धन्दा हुने गरेको पाइएको हो ।


हुण्डीको धन्दा गरेको पाइएपछि यसका सञ्चालकहरु विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । प्रहरीले ललितपुरको ईमाडोल घर भएका सिद्धबाबा ईन्टरप्राइजेजका व्यवस्थापक धर्मराज राना मगर मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ घर भएका सोही कम्पनिका प्रोपाइटर तिर्थराज उपाध्याय र सत्यनारायण अग्रवाललाई मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध अदालतले २१ दिनभित्र हाजिर हुन आदेश दिएको छ ।


यी सञ्चालकहरु ८८ किलो सुन तस्करीमा समलग्न सत्यनारायण अग्रवालसँग जोडिएका पात्र हुन् ।
सत्यनारायण अग्रवाल यसअघि २०७२ पुस २३ मा बरामद साढे नौ किलो सुनको मुख्य कारोबारी थिए । अग्रवाल त्यसबेलै विक्रम मित्तल, विवेक मित्तल र भागीरथ चौधरीसँगै पक्राउ परेका थिए ।

मित्तल र चौधरीले ल्याएको सुनको भुक्तान हुण्डी मार्फत गर्ने क्रममा अग्रवाल पक्राउ परेका हुन् । भारत विहार मधुवनीका अग्रवाल काठमाडौं नरदेवीमा रविश्या ट्रेडर्सको आवरणमा अवैध हुण्डी र सुन तस्करीमा संलग्न रहँदै आएका व्यक्ति हुन् । उनी केही वर्षअघि भएको ८८ किलो सुन तस्करीमा पक्राउ परेका थिए । उनीहरुसँग यी सञ्चालकहरु समेत मुछिएका थिए ।

सम्बन्धित खबर