फास्ट ट्रयाक निर्माणमा भएको घोटाला छानबीन गर्दै लेखा समिति : विहिबार छलफल !

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ चैत्र । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई द्रुत मार्गमा भएको घोटालाको विषयमा सार्वजनिक लेखा समितिले छानबीन गर्ने भएको छ ।


संसदको सार्वजनिक लेखासमितिले आगामी चैत्र १९ गते छलफल गर्ने जनाएको छ ।

समितिको कार्यालय सिंहदरबारमा हुने छलफलमा लेखा समितिका सांसदहरुले भाग लिनेछन् ।


काठमाडौं तराई द्रुत मार्ग निर्माणको क्रममा अर्बौं रुपैयाँ अनियमितता भएको भन्दै समितिमा उजुरी परेको थियो ।

सम्बन्धित खबर