काठमाडौँ, १८ चैत । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महत घरको भर्याङबाट लडेका रामशरण महतलाई भेट्न रामचन्द्र पौडेल अस्पतालमा घाइते भएका छन् ।
बुधबार दिउँसो लडेर घाइते हुनुभएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । भर्याङबाट चिप्लिएर लड्नुभएका डा महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा महतका सहयोगी रमेश महतले जानकारी दिए।
यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता तथा सांसदले ग्राण्डी अस्पताल पुगी डा.महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।