शिक्षिका बलात्कार अभियोगमा एमाले सांसद तथा पूर्वमन्त्री मोहन बानियाँ पक्राउ

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण १७, २०७८ | ०:२७:३९

काठमाडौं । बलात्कार गरेको आरोपमा नेकपा एमालेका सांसद तथा पूर्व मन्त्री मोहन बानियाँ पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको हो । तर, बलात्कार अभियोग लागेका बानियाँ काठमाडौंसम्म कसरी आए र विमानस्थल हुँदै कसरी नेपालगञ्ज पुगे भन्ने खुलेको छैन ।

नेपालगञ्जको एक होटलमा बनियाले जुम्ला घर भएकी एक शिक्षिकालाई जबरजस्ती करणी गरेका थिए । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

सम्बन्धित खबर