काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित भएको र अब विवाद गर्नुको सट्टा कार्यन्वयन गर्नुपर्ने बताएका छन् । ‘एमसीसी पारित भइसकेको छ । पारित भइसकेको विषयमा विवाद गरेर काम छैन । अब कार्यान्वयन हुनुपर्छ,’ उनले भने,‘व्याख्यात्मक घोषणा नेपाली जनतालाई झुक्याउने र अल्मल्याउने र ठगी गर्ने जालसाँझी हो ।’
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन् ।