बैंक अफ काठमाण्डु विवादमा : सरकारी जग्गा धितो राखेर ३१ करोड ऋण दिएको खुलाशा

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण १८, २०७८ | १९:३३:५२

काठमाडौं । भारतीय लगानीद्वारा संचालित बृहस्पति विद्या सदनले सरकारी जग्गा धितो राखेर करोडौँ ऋण लिएको पाइएको छ । नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा ५९ वर्षसम्मका लागि सस्तो भाडा दरमा हत्याएको बृहस्तपति विद्या सदनले ३१ करोड रुपैयाँ निकालेको पाइएको हो ।

कानुन अनुसार सरकारी जग्गा धितो राखेर ऋण लिन नमिल्ने भएपनि राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त बैंक अफ काठमाण्डुले उक्त जग्गा धितो राखेर ३१ करोड ३३ लाख रुपैयाँ ऋण प्रवाह गरेको पाइएको हो । बैंकमा बृहस्पति विद्या सदनले उक्त जग्गा ‘लियन’ अर्थात जुन धितो बापतको जग्गा राखेपछि रकम चुक्ता नगरेसम्म स्वामित्व ग्रहण गर्न सक्ने गरि कर्जा लिएको हो ।

तत्कालिन बाल संगठनका अध्यक्ष रीता सिंह बैद्य, लगायत पदाधिकारीले बृहस्पतिलाई सम्झौता गरि जग्गा दिएकी थिइन् । वार्षिक जम्मा ९० लाख रुपैयाँ भाडामा दिइएको उक्त जग्गामा बृहस्पतिले अवैध संरचना समेत निर्माण गरिरहेको छ ।

सरकारी जग्गा कानुन विपरित धितो राखेर कर्जा लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

यसरी भएको थियो जग्गा हत्याउने खेल

२०७५ मंसिर २५ मा दियोपोस्ट डटकममा प्रकाशित समाचार

 

सम्बन्धित खबर