विवादमा प्रकाश सपुतको ‘पीर’, माओवादी कार्यकर्ता जातिय गालीगलौचमा उत्रिए !

diyopost.com
दियो पोस्ट  शनिबार, फाल्गुण २८, २०७८ | २१:०८:०३

काठमाडौं । गायक प्रकाश सपुतको शब्द, स्वर, अभिनय र संगितसहित बजारमा सार्वजनिक भएको नयाँ म्युजिक भिडियो ‘पीर’लाई लिएर सामाजिक संजाल तातेको छ । माओवादी युद्धमा लागेको छापामार वैदेशिक रोजगारीदेखि यौन धन्दामा समेत लागेको भन्दै भिडियो निर्माण गरेको पाइएपछि माओवादी कार्यकर्ताले सपुतको चर्को आलोचना गरेका छन् । कतिपयले भने सपुतले युद्धकालमा दुख गर्ने कार्यकर्ताको पक्षमा आवाज उठाएको भनेर समर्थन गरेका छन् । तर, माओवादीकै एउटा तहले भने चर्को विरोध गरेको छ ।

‘म्यूजिक भिडियो ’पिर’ मा अभिव्यक्त गम्भीर प्रकृतिको सवाल प्रति मेरो आपत्ति छ । विगतमा सञ्चालित महान जनयुद्धको कारण गणतन्त्र, धर्म निरपेक्षता, समावेशी शासन प्रणाली, नयाँ संविधान, सामाजिक न्याय र समाजवादी आधार तयार भयो । जनयुद्धका क्रममा गरिएका वाचा र प्रतिवद्धताहरूमा कहीं कतै अपूर्णता जरूर छन तर म्यूजिक भिडियोमा प्रदर्शन गरिएको एक जनयुद्धको योद्धा जो विचार र चेतनाले अग्रगामी थियो र आज पनि छ । जसले सहर पसेर यौन धन्दा कसरी गर्छ ? अर्को सवाल, के हिजोको जनमुक्ति सेना आज देश के हो ? उत्तर खोज्नुको सट्टा देशको सत्तोसराप गर्दै पलायन हुन्छ ? यी दुई सवाल घोर आपत्तिजनक छन्,’ माओवादी केन्द्रका नेता तथा कालाकार समेत रहेका भिम कुमाखीले लेखेका छन्, ‘हुन त प्रकास सपुत जीलाई के थाहा जनयुद्धको मर्म र भावना जसको कारण आज उनि आफै यही देशमा वेलगाम मुक्त कण्ठले वोल्दछन् । जनयुद्धको कारण दलित, महिला, आदिवासी जनजाति, उपेक्षित उत्पिडित जाति क्षेत्र आज अधिकार सम्पन्न भएका छन् । संगीतको क्षेत्रमा लोकप्रियता कमाउने वहानामा जनयुद्ध द्वारा स्थापित सांस्कृतिक मूल्य विघटन गर्ने अधिकार कसैलाई छैन ।’

 

यता केही कार्यकर्ताले भने सपुतमाथि सामाजिक सञ्जालमै जातिय विभेद गर्न थालेका छन् । ‘सानो जातको सानै सोच । दशवर्षे जनयुद्धको महिलालाई हेर्ने यसको दृष्टिप्रति घोर भत्र्सना गर्दछु । आवश्यक कानुनी कारबाहीको लागि प्रक्रिया शुरु गरिने जानकारी गराउँछु,’ सामाजिक सञ्जालमा श्रेष्ठ अनुजा नामबाट यस्तो विभेद मिश्रित स्ट्याटस पोस्ट भएको छ ।

 

सम्बन्धित खबर