गजुरीमा दलित युवाले ब्राम्हण युवती भगाएपछि तनाव

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र ०५, २०७८ | १६:००:२७

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत दुई युवा युवती प्रेममा थिए । विगत २ वर्षदेखि प्रेममा रहेका गजुरी गाउँपालिका २ चालिसेका रामकुमार विक र गजुरी मिलनटोल घर भएकी  खतिवडा थर भएकी युवतीले अाफ्नाे  प्रेमलाई भागि विवाहमा परिणत निधो गरे । त्यही योजना अनुसार उनीहरु घरबाट भागेर चितवन पुगेर बसे । तर, भागी विवाह गरेको दुईदिन पछि उनीहरु प्रहरी खोजीमा परे । ईलाका प्रहरी कार्यालयले ती युवाको बाबुलाई तुरुन्त छोरा झिकाउन अन्यथा प्रहरी लगाएर थुन्ने धम्की दिइयो । कारण थियो – जात !

गाउँकै दलित समुदायका युवाले ब्राम्हण युवती भएको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा ल्याएर छलफल गराइरहेको छ । स्रोतका अनुसार युवतीको परिवार विभिन्न राजनीतिक पहुँचका व्यक्ति हुन् ।

अपडेट : प्रहरी कार्यालयमा मिलापत्र

पीडितका आफन्तका अनुसार ईलाका प्रहरी कार्यालय गजुरीमा युवतीका आफन्त र प्रेमि भनिने युवाका आफन्तबीच मिलापत्र भएको छ । मिलापत्रानुसार युवतीका माईती पक्षले आफ्नो छोरीको जिम्मा लिएर गएका छन् । युवतीका आफन्तले प्रहरी कार्यालयमा युवती भगाउने युवालाई बाल विवाह तथा अपहरणको मुद्दा लगाउने धम्की दिएका थिए ।

नोट  : यसअघि पीडितको आफन्तले केही व्यक्तिको नाम पठाएपनि उनीहरुको समलग्नता नपाइएकाले हटाइएको छ ।

सम्बन्धित खबर