राकेश धमलाका कारण धादिङ कांग्रेसमा तनाव : वडा सहसंयोजक तामाङद्वारा पार्टी परित्याग

diyopost.com
दियो पोस्ट  बिहिबार, चैत्र १०, २०७८ | २१:२०:३१

धादिङ । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरेर गरेर, घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । अभियान अन्तर्गत देशभर कांग्रेस नेतामाथि जिम्मेवारी र सर्कुलर जारी गरिएको छ । तर, धादिङमा भने सैद्धान्तिक विचलन र नेतृत्वप्रति असन्तुष्टि बढ्दो छ ।

कांग्रेसको धादिङ क्षेत्र नम्बर २ प्रदेश ख का सभापति राकेश धमलाले केहीदिन अघि रुविभ्यालीको वडा सहसंयोजकको जिम्मेवारीसहित कुमार तामाङलाई सर्कुलर गरेका थिए । तर, उनै तामाङले पार्टीको उक्त जिम्मेवारीमा बस्न नसक्ने घोषणा गर्दै राजिनामा दिएका छन् ।

‘साथीहरुले उठाएको छानबीनको विषयलाई नेतृत्व तहबाट सम्बोधन नभई बेवास्ता गरिएको र पार्टी भित्र गम्भिर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिक रुपमा पार्टी भित्र भित्र रहेर पार्टीले दिएको पदमा बस्न सक्ने आधार नभएकाले नैतिकताको आधारमा आजकै मितिदेखि उक्त पदबाट राजिनामा दिएको छु,’ तामाङले भनेका छन् ।

 

सम्बन्धित खबर