चीनियाँ विदेश मन्त्रीको स्वागतमा तस्करीमा मुछिएको कम्पनिद्वारा दैनिक पत्रिकामा विज्ञापन !

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र १२, २०७८ | १८:२९:१८

काठमाडौं । शुक्रबार नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीको स्वागतमा एक ट्रान्सपोर्ट कम्पनिले लाखौँ खर्चिएको छ । नेपाल–चीन व्यापारको मुख्य नाका तातोपानी भन्सार क्षेत्रबाट ट्रान्सपोर्टको काम गर्दै आएको सिल्क ट्रान्सपोर्टले नेपालको राष्ट्रिय झण्डा र चीनको समेत राष्ट्रिय झण्डा दुरुपयोग गरेर स्वागतको नाममा विज्ञापन प्रकाशन गरेको छ ।

सिल्कमामाथि तातोपानी भंसार नाकाबाट नाकामा ट्रान्सपोर्टमा एकाधिकार कायम गरेको आरोप छ ।

बाह्रविसे नगरपालिकाका मेयर निमफूल्जो शेर्पाका भाञ्जा नातापर्ने सिल्कका मालिक रमेश शेर्पाले सरकारलाई नै चुनौती दिएर सिन्डिकेट लादेको आरोप छ । सिल्कले लकडाउनमा समेत राजनीतिक पहुँचकै आधारमा तातोपानी भंसार नाकाबाट निर्वाध रुपमा सामान आयात गर्ने गरेको थियो । सिल्कले बोकेका सामानहरुमाथि अनुसन्धान समेत नगरि छाडिएको थियो ।

 

सिन्धुपाल्चोकको तातोपानी नाका सुन तस्करीहरुको अखडाको रुपमा परिचित नाका समेत हो । सिल्कमाथि समेत तस्करीको आरोप लाग्ने गरेको छ । कतिपय संचारमाध्यमले त सिल्कका मालिक शेर्पाले सुन तस्करी गरेर काठमाडौंको जोरपाटीमा २÷३ रोपनी जग्गामा अलिसान महल र गोदाम बनाएको समेत दाबी गरेका छन् ।

 

सम्बन्धित खबर