पोखरेलको सक्रियतामा वीरगन्ज भन्सारको फड्को : तस्करीमा समलग्न २ सय २४ फर्म कारबाहीमा !

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र १२, २०७८ | २१:२३:०१

पर्सा । वीरगन्ज भंसार कार्यालय पछिल्लो समय सुधारोन्मुख देखिएको छ । यसअघि सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका सहसचिव अरुण पोखरेल कार्यालय प्रमुख भएर आएपछि केही सुधारका संकेतहरु देखिन थालेको छ । कार्यालयको कार्यसम्पादमा केही चुस्तता आएको सेवाग्राहीहरु बताउँछन् ।

राष्ट्र बैंकको प्रतितपत्र सम्बन्धी नयाँ नियम लागु भएपछि राजश्व संकलनमा दबाव छ । तर, वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १०३.६ प्रतिशत राजश्व लक्ष हासिल गरेको छ । भन्सारमा बुझाईएाके सामानहरुको मुद्दा फर्छौट हुन वर्षौं समय लाग्ने परम्परा भएपनि हालसम्म ८० प्रतिशत भन्दा बढी मुद्दा फर्छौट भएको कार्यालयले जनाएको छ ।

कार्यालय स्रोतका अनुसार पछिल्लो समय भन्सार गस्तिमा बृद्धि भएको छ । गस्तीमा कार्यालय प्रमुख पोखरेल आफै जाने र चोरी निकासी नियन्त्रणमा कडा निर्देशन दिने गरेका छन् । तस्करी नियन्त्रणमा सुराकी समेत परिचालन गर्ने गरिएको छ । भंसार प्रमुख पोखरेलकै सक्रियताका कारण लाखौं मुल्यको कपडाहरु बरामद हुने गरेका छन् । तस्करीका बादशाह भनिने मदन गुप्ता रुन्चे भनिने तस्करहरु यतिबेला छिमेकी मुलुक भारतको रक्सौलमै लुकेका छन् । गुड्डु गुप्ताहरु पनि नेपाल प्रवेश गराउने अन्य नाकाको खोजीमा छन् ।

प्रमुख चुनौतीमा रहेको बेरुजु फर्छौटमा समेत वीरगन्ज भन्सारले फड्को मारेको छ । कार्यालयका अनुसार डेडिकेटेड टिम बनाएर परिचालन गरिएको छ । कार्यालयका अनुसार पछिल्लो समय २ सय २४ फर्महरुलाई कारबाहीको दायरामा ल्याइएको छ । उनीहरुबाट ९४ करोड बारबरको रकम सम्परिक्षणका लागि महालेखा परिक्षकको कार्यालयमा पठाइएको छ ।

 

सम्बन्धित खबर