बैतडी, १९ चैत । लामो समयको प्रयासपछि बैतडी जिल्लामा ५० शय्याको अस्पताल बन्ने भएको छ ।
स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गरेको प्रस्ताव स्वीकृत भएपछि जिल्लामा ५० शय्याको अस्पताल बन्ने भएको हो ।
बैतडी जिल्लामा रहेको पुरानो अस्पताल भत्काएर अत्याधुनिक सेवा सुविधा सम्पन्न नयाँ अस्पताल बन्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए।
उहाँले भन्नुभयो “५० शय्याकोे अस्पताल निर्माणका लागि भवन डिभिजन कार्यालयले छिट्टै ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ” । नयाँ अस्पताल बनेपछि जिल्लामा सबै प्रकारका विषेशज्ञ डाक्टरको दरबन्दी हुने र सबै प्रकारका रोगको उपचार हुनसक्ने अवस्थीले बताए ।
डा अवस्थीका अनुसार ५० शय्याकोे अस्पताल बनेपछि अहिलेको भन्दा चार गुना बढी कर्मचारीले स्वास्थ्य सेवा दिने छन् ।