पौडेलले नेकाँ संसदीय दलको नेतामा उम्मेदवारी दिने

diyopost.com
bestnp   आइतबार, चैत्र २१, २०७२ | १२:३२:५८

काठमाडौँ, २१ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यही चैत २४ गते हुने पार्टीको संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने हुनुभएका छन् ।

पौडेल पक्षीय नेताहरुको आज भएको भेलाले नेता पौडेललाई सर्वसम्मतिबाट संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

यही चैत २४ गते हुने पार्टीको संसदीय दलको नेताको निर्वाचनमा यसअघि नै सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित भइसकेको छ । हालै सम्पन्न पार्टीको १३औँ महाधिवेशनमा पार्टीको सभापति पदमा देउवासँग नेता पौडेल पराजित भएका थिए ।

सभापति देउवा पहिलो संविधानसभामा पार्टीेको संसदीय दलको नेताको निर्वाचनमा नेता पौडेलसँग र दोस्रो संविधानसभामा पूर्वसभापति सुशील कोइरालासँग पराजित हुनुभएको थियो । काँग्रेसका संसदीय दलका नेता कोइरालाको असामयिक निधन भएपछि रिक्त भएको उक्त पदको निर्वाचन हुन लागेको हो ।

निर्वाचन गर्न पार्टीले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाई निर्वाचनको तयारी गरिरहेको छ । नयाँ संविधानअनुसार पार्टीले संसदीय दलको विधान संशोधन गर्न सोमबार संसदीय दल र केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएको छ ।

सम्बन्धित खबर