फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्ने आदेशविरुद्धको रिट उच्च अदालतबाट खारेज

दियो पोस्ट  

काठमाडौं । फिल्म ‘प्रसाद २’को प्रदर्शन रोक्ने अल्पकालीन आदेशविरुद्धको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ । उक्त आदेश खारेज गर्न माग गर्दै निर्माण साझेदार कम्पनी एसजी फिल्मले दायर गरेको रिटमा बिहीबार बहस भएको थियो ।

न्यायाधीशद्वय राजेन्द्र खरेल र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलमा बोलाउने यसअघिकै आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो । निवेदकको तर्फबाट बिहीबार भीमार्जुन आचार्य र ताराकुमार श्रेष्ठले बहस गरेका थिए ।

अदालतको आदेशलाई चुनौती दिंदै दायर रिट खारेज भएपछि शुक्रबार हुने भनिएको फिल्म प्रदर्शन रोकिने निश्चित भएको छ । अन्तरिम आदेशलाई खारेज गरिपाऊँ भन्दै एसजी फिल्मको तर्फबाट राजु श्रेष्ठ र सुदर्शन बस्नेतले निवेदन दिएका थिए । उनीहरुले निर्मातामध्येका एक केशव पाण्डेलाई विपक्षी बनाएका थिए ।

एसजी फिल्मका तर्फबाट बहस गरेका कानुन व्यवसायी श्रेष्ठले मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने ९प्रदर्शन फुकुवा हुने० टुंगो आइतबार नै लाग्ने बताए ।

सम्बन्धित खबर