
काठमाडौं । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
३१ हजार २ सय १९ मत गणना गर्दा वाग्लले १५ हजार ९५८ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका सर्वेन्द्र खनालले ५१६६ मत प्राप्त गरेका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।उक्त क्षेत्रमा ६३,७५७ मत खसेको छ ।
*तनहुँ १ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ ।