चितवन-२ मा अघि लागे रवि लामिछाने, पच्छ्याउँदै एमाले

दियोपोस्ट संवाददाता

काठमाडौं । चितवन-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन् ।

उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन् ।

कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् । मतगणना जारी छ ।

सम्बन्धित खबर

सिफारिस