काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ मा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र सासद ज्ञयानेन्द्र शाहि आज कोटेश्वर बहुमुखि क्याम्पसमा अभिनय गर्दै छन् ।
नायक रमित ढुङ्गानाबाट निर्मिर यस चलचित्रमा एसिड आक्रमणको विषयमा बनाइएको फिल्ममा पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली को पनि अभिनय रहेको छ ।
फिल्ममा तेजाब आक्रमबाट पीडित किशोरी तथा महिलाको पीडा र उनीहरूको भोग्नु परेको अवस्था समेटिने बताइएको छ । यस चलचित्रको निर्माता तथा निर्देशक ढुंगाना हुन् ।
