भक्तपुर, १२ वैशाख । सरकारका प्रवक्ता शेरधन राईले सरकारले आजदेखि पुनःनिर्माणको काम तीव्र रुपमा गर्ने बताए ।
रफत सञ्चार क्लबले आज गत वर्षको भूकम्पमा ज्यान गुमाएकी कल्पना थापाको स्मृति पुरस्कार कोषको स्थापना कार्यक्रममा उनले वर्षाअघि नै भूकम्पपीडितका हातमा रु दुई लाख प्रदान गर्ने सरकारको योजना रहेको जानकारी दिए । सरकारले सामूहिक बस्तीको विस्तार गर्दै पीडितको घाउमा मलम लगाउने प्रयास गरिरहेको पनि मन्त्री राईले बताए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको पारिश्रमिकका बारे सरकारलाई बुझाएको प्रतिवेदन छिट्टै मन्त्रिपरिषद्मा लैजाने तयारी भएको बताउँदै सूचना तथा सञ्चारमन्त्री राईले भने–“अब कुनै पनि पत्रकार पारिश्रमिकबाट वञ्चित हुँदैनन् । ”
कार्यक्रममा कल्पना स्मृति कोषका संरक्षक ९कल्पनाका पिता०प्रेमबहादुर थापाले भक्तपुरको सूर्यविनायक शाखाको राष्ट्रिय वाणिज्य बैंकको कोषको खाता नं १३७०००००२३०६ मा रु दुई लाख ३३ हजार जम्मा गरिएको घोषणा गर्दै आफ्नो निजामती सेवाबाट सेवानिवृत्त भएबापत प्राप्त रकममध्येको केही रकम कोषलाई हस्तान्तरण गरे ।
क्लबका सदस्य ३७ वर्षीया कल्पनाको गत वर्ष वैशाख १२ गतेको भूकम्पमा भक्तपुर नगरपालिका वडा नं २ जेलास्थित आफ्नै घरमा निधन भएको थियो । खेल गतिविधिमा समेत विभिन्न पदक प्राप्त गर्नुभएकी थापा नाट्य विधामा समेत परिचित थिइन । मृतकका पति सरोजराज गोसार्इं, चार वर्षीय छोरा सौरभ र आठ वर्षीया छोरी कसमी छन् ।