कालोटेपले बाँधेको अवस्थामा जीपको डिक्कीमा भेटियो १८ किलो सुन

दियो पोस्ट  

सिन्धुपाल्चोक, १७ वैशाख । अवैध रुपमा चिनियाँ नाकाबाट नेपाल भित्र्याइदै गरेको १८ किलो सुन प्रहरीले बरामद गरेको छ । बा ९ च १४६३ नम्बरको जीपको डिक्कीमा कालो टेपले बाँधेर राखिएको अवस्थामा १८ किलो सुन भेटिएको हो ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बाह्रविसेले चेकिङको समयमा राजधानी भित्र्याईँदै गरेको अवस्थामा सुन सहित विभिन्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजु पाण्डेका अनुसार , पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची नगरपालीका वडा नम्बर ८ की वर्ष २४ की विमला थापा, तातोपानी गाविस वडा ३ का वर्ष ३४ का साङ्बो शेर्पा र तातापानी गाविसकै वडा नम्बर ३ का ३७ वर्षिय मिङमार शेर्पा रहेका छन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ