भारतीय मौसम विभागले भन्यो,‘आज पनि नेपालका विभिन्न भागमा ठूलो हावाहूरी आउँछ, सतर्क हुनुहोस्’

दियो पोस्ट  

काठमाडौं, १७ चैत्र । भारतीय मौसम विभागले आज पनि नेपालका विभिन्न क्षेत्रमा हावाहूरी आउने पूर्वानुमान गरेको छ ।
नेपाली जल तथा मौसम पूर्वानुमान विभागले आइतबार आउने हावाहुरीको विषयमा पूर्वानुमान गर्न नसक्दा बारा, र पर्सामा ठूलो संख्यामा हताहती हुनुको साथै २८ जना नागरिकको मृत्यु भइसकेको छ ।
नेपालको सिमा रहेको विहार, पश्चिम बंगाल लगायत क्षेत्रमा ठूलो हावाहुरी आउने भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।


नेपाल भारत सिमामा आउने हावा हूरीले नेपालका विभिन्न भागमा असर गर्न सक्ने विज्ञहरुको बनाई छ । हावा हुरी नेपालमा समेत आउने भएकाले पूर्व सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।