धादिङ, २८ चैत्र । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा भएको कुटपीट घटनाको दोषीलाई प्रहरीले नै भगाएको खुलाशा भएको छ ।
गत चैत्र २४ गते त्रिपुरा सुन्दरी गाउँपालिका ६ टारिवेशीमा आगिन्चोक घर भएका निरबहादुर विकलाई स्थानिय सुजन तामाङले कुटपीट गरेको पीडितले परिवारले दियोपोस्टलाई जानकारी दिए ।
कुटपीटबाट घाइते भएका निरबहादुरलाई स्थानिय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । घटनामा समलग्नलाई कारबाही गर्न माग गर्दै स्थानियबासीले सल्यान्टार स्थित गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरुले पीडितलाई न्याय दिनुपर्ने र घटनामा समलग्न सुजन तामाङ लगायत व्यक्तिलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।
पीडितका दाजु हरि विकका अनुसार इलाका प्रहरी कार्यालय सल्यान्टारमा जाहेरी दर्ता भइसकेको भएपनि प्रहरीकै संरक्षणमा अभियुक्तलाई उन्मुक्ति दिइएको आरोप लगाए ।
त्रिपुरासुन्दरी ६ स्थायी घर भएका शम्भू थापाको निर्देशनमा निर बहादुर विकलाई कुटपीट गरिएको बताइएको छ । थापाले कुटपीटको घटना बाहिर ल्याएको भन्दै पीडितका दाजु हरि विकलाई ज्यान मार्ने धम्की समेत दिएको पीडित परिवारले दियोपोस्टलाई जानकारी दियो ।
घटनामा समलग्न तामाङलाई प्रहरी कार्यालयबाटै भगाइएको पीडित परिवारको आरोप छ ।
स्थानिय शम्भू थापा गुण्डागर्दीमा समलग्न व्यक्ति भएको खुलाशा भएको छ ।