नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपुर्तीस्वरुप १ रुपैयाँ संकलन अभियान सुरु

दियो पोस्ट  


काठमाडौं, चैत ३० । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति स्वरुप भन्दै नेविसंघ काभ्रेले १ रुपैयाँ संकलन अभियान सुरु भएको छ ।

खरिदका क्रममा ठगिएका भनिएका नेकपाका महासचिव पौडेललाई क्षतिपुर्ति दिन भन्दै नेविसंघ काभ्रेले व्यांग्य स्वरुप सुरु गरेको अभियानमा आज ६ सय ७३ रुपैयाँ संकलन भएको नेविसंघ काभ्रेका नेता नृपेश वादेले जानकारी दिए ।

बालुवाटारको जग्गा खरिद प्रकरणमा महासचिव पौडेल मुछिनुभएको छ । यसअघि संचार तथा सुचना प्रविधीमन्त्री कोकुल बाँस्कोटाले महासचिव जग्गा खरिद प्रकरणमा ठगिएको बताउनुभएपनि नेविसंघ काभ्रेले व्यंग्य स्वरुप अभियान चलाएको हो ।