दियोपोस्ट संवाददाता
काठमाडौं, ६ वैशाख । राजधानी काठमाडौं शहरमा कोठा भाडामा पाउन निकै मुस्किल छ । कोठा खोज्न मुस्किल हुँदा तपाईंले इन्टरनेट वा सामाजिक सञ्जालबाट कोठा खोज्ने उपाय अपनाउनु भएको हुनसक्छ । यदि यसरी सामाजिक सञ्जालबाट कोठा खोज्ने उपाय गर्नु भएको भए तपाईं सावधान रहनु पर्ने भएको छ ।
सामाजिक सञ्जाल मार्फत हुने कोठा खोजीमा ठगीधन्दा हुने पाइएको छ ।
पत्रकारिताका अध्यापक इन्द्रध्वज क्षेत्रीलाई एउटा फेसबुक पेजले कोठा खोजिदिने बहानामा उनीबाट इसेवा मार्फत २५ सय रुपैयाँ सेवा लियो ।
‘रुम एण्ड फ्ल्याट अन रेन्ट इन काठमाडौं’ लेखिएको उक्त पेजले मध्य बानेश्वरमा सुविधा सम्पन्न फ्ल्याट भाडामा रहेको बताएपछि फेसबुक पेजमै रहेको ९८६४७९७६१७ र ९८१२४१२५८३ नम्बरमा क्षेत्रीले सम्पर्क गरे ।
कोठा हेर्नुअघि नै उक्त नम्बरमा फोन उठाउने व्यक्तिले सेवा शुल्कको रुपमा २५ सय रुपैयाँ जम्मा गरिदिनु पर्ने सर्त राखे । सोही सर्त बमोजिम उनले इसेवा आइडि ९८१२४१२७३१ (सितल थापाको इसेवा एकाउन्ट) मा २५ सय रुपैयाँ ट्रान्सफर गरिदिए र सोही दिन कोठा हेर्न पाउँ भन्दै सन्देश पठाए । तर, केही बेरमा उक्त नम्बरको फोन स्विच्ड अफ भयो ।
उनले पटक पटक फोन गर्दा पनि उनले कोठा हेर्न पाएनन् । आफू ठगिएको थाहा पाएपछि उनले उक्त फेसबुक पेज बारे लेखेका छन्–यो पेज ठगीमा संलग्न छ। तपाईंलाई जहाँ फ्ल्याट चाहिएको हो, त्यहीं उपलब्ध छ भन्छ। अनि देखाउनको लागि २५०० आईएमइ पे वा इसेवामा हाल्दिनु भन्छ। पैसा हालेपछि फोन नम्बर ब्लक गरेर बस्छ। यसको ठगीबारे म आज प्रहरीकहाँ उजुरी गर्न जाँदैछु। अरु पनि ठगिनु भएको छ भने खबर गर्नुस्। सँगै जाउँला।’
क्षेत्री मात्रै होइन अन्य व्यक्ति यस्ता ठगहरुको शिकार भएको पाइएको छ ।
यो गिरोहले ठगी गर्नका लागि एउटै नम्बरमा फरक फरक इसेवा खाता खोलेको समेत खुलेको छ ।
कृष्ण ढुङगानाको ९८४९८२१८७९ नम्बरबाट ९८१२४१२५८३ को इसेवा एकाउन्टमा २ हजार रुपैयाँ ट्रान्सफर भएको देखिन्छ । ईन्द्रध्वज क्षेत्रीले पठाउँदा यही नम्बरबाट शितल थापाको एकाउन्ट देखाइएको थियो भने ढुङ्गानाकोबाट पठाउँदा पाउने व्यक्तिको नाम अनुवेश खड्का नाम देखिएको छ । ‘ठगीको ठूलो गिरोह हुनसक्छ । फरक–फरक खाता खोलेर एउटै नम्बरबाट ठगि गरिएको छ,’ एक पीडितले भने ।
कोठा देखाइदिने बहानामा अनिता पौडेललाई पनि यो समुहले २५ सय रुपैयाँ ठगि गरेको पाइएको छ । सेवा शुल्कको नाममा कोठा देखाउनु अघि नै उनीबाट २५ सय रुपैयाँ इसेवा मार्फत जम्मा गर्न भनिएको थियो । उनले कोठा हेर्ने आशामा सो रकम जम्मा गरेकी थिइन् तर, दुर्भाग्य कोठा हेर्न फोन गर्दा उनको नम्बर नै ब्लक गरिएको थियो ।
काठमाडौं, ६ वैशाख । राजधानी काठमाडौं शहरमा कोठा भाडामा पाउन निकै मुस्किल छ । कोठा खोज्न मुस्किल हुँदा तपाईंले इन्टरनेट वा सामाजिक सञ्जालबाट कोठा खोज्ने उपाय अपनाउनु भएको हुनसक्छ । यदि यसरी सामाजिक सञ्जालबाट कोठा खोज्ने उपाय गर्नु भएको भए तपाईं सावधान रहनु पर्ने भएको छ । सामाजिक सञ्जाल मार्फत हुने कोठा खोजीमा ठगीधन्दा हुने पाइएको छ ।
पत्रकारिताका अध्यापक इन्द्रध्वज क्षेत्रीलाई एउटा फेसबुक पेजले कोठा खोजिदिने बहानामा उनीबाट इसेवा मार्फत २५ सय रुपैयाँ सेवा लियो ।
‘रुम एण्ड फ्ल्याट अन रेन्ट इन काठमाडौं’ लेखिएको उक्त पेजले मध्य बानेश्वरमा सुविधा सम्पन्न फ्ल्याट भाडामा रहेको बताएपछि फेसबुक पेजमै रहेको ९८६४७९७६१७ र ९८१२४१२५८३ नम्बरमा क्षेत्रीले सम्पर्क गरे । कोठा हेर्नुअघि नै उक्त नम्बरमा फोन उठाउने व्यक्तिले सेवा शुल्कको रुपमा २५ सय रुपैयाँ जम्मा गरिदिनु पर्ने सर्त राखे । सोही सर्त बमोजिम उनले इसेवा आइडि ९८१२४१२७३१ (सितल थापाको इसेवा एकाउन्ट) मा २५ सय रुपैयाँ ट्रान्सफर गरिदिए र सोही दिन कोठा हेर्न पाउँ भन्दै सन्देश पठाए । तर, केही बेरमा उक्त नम्बरको फोन स्विच्ड अफ भयो । उनले पटक पटक फोन गर्दा पनि उनले कोठा हेर्न पाएनन् ।
आफू ठगिएको थाहा पाएपछि उनले उक्त फेसबुक पेज बारे लेखेका छन्–यो पेज ठगीमा संलग्न छ। तपाईंलाई जहाँ फ्ल्याट चाहिएको हो, त्यहीं उपलब्ध छ भन्छ।
अनि देखाउनको लागि २५०० आईएमइ पे वा इसेवामा हाल्दिनु भन्छ। पैसा हालेपछि फोन नम्बर ब्लक गरेर बस्छ। यसको ठगीबारे म आज प्रहरीकहाँ उजुरी गर्न जाँदैछु। अरु पनि ठगिनु भएको छ भने खबर गर्नुस्। सँगै जाउँला।’
क्षेत्री मात्रै होइन अन्य व्यक्ति यस्ता ठगहरुको शिकार भएको पाइएको छ ।
यो गिरोहले ठगी गर्नका लागि एउटै नम्बरमा फरक फरक इसेवा खाता खोलेको समेत खुलेको छ ।
कृष्ण ढुङगानाको ९८४९८२१८७९ नम्बरबाट ९८१२४१२५८३ को इसेवा एकाउन्टमा २ हजार रुपैयाँ ट्रान्सफर भएको देखिन्छ । ईन्द्रध्वज क्षेत्रीले पठाउँदा यही नम्बरबाट शितल थापाको एकाउन्ट देखाइएको थियो भने ढुङ्गानाकोबाट पठाउँदा पाउने व्यक्तिको नाम अनुवेश खड्का नाम देखिएको छ । ‘ठगीको ठूलो गिरोह हुनसक्छ । फरक–फरक खाता खोलेर एउटै नम्बरबाट ठगि गरिएको छ,’ एक पीडितले भने ।
कोठा देखाइदिने बहानामा अनिता पौडेललाई पनि यो समुहले २५ सय रुपैयाँ ठगि गरेको पाइएको छ । सेवा शुल्कको नाममा कोठा देखाउनु अघि नै उनीबाट २५ सय रुपैयाँ इसेवा मार्फत जम्मा गर्न भनिएको थियो । उनले कोठा हेर्ने आशामा सो रकम जम्मा गरेकी थिइन् तर, दुर्भाग्य कोठा हेर्न फोन गर्दा उनको नम्बर नै ब्लक गरिएको थियो ।
अपराध महाशाखामा उजुरी !
ठगिएपछि पीडितहरुले महानगरीय प्रहरी अपराध महासाखालाई गुहारेका छन् । अध्यापक क्षेत्रीले महानगरीय प्रहरी अपराध अनुसन्धान माहाशाखा टेकुमा ठगी विरुद्ध जाहेरी दिएका छन् ।
ठगीधन्दाको छानबीन गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालय रानी पोखरीले पनि निर्देशन दिएको छ । विहिबार आयुक्त कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले छानबीन अघि बढाउन निर्देशन दिइसकेका छन् ।
एक प्रहरी अधिकारीका अनुसार यसरी ठगी गर्ने गिरोहको सञ्जाल ठूलो र व्यापक रहेको समेत पाइएको छ ।