‘बालुवाटार जग्गाकाण्ड’ : चार वर्षअघि नै यसरी प्रमाणसहित खुलाशा भएको थियो

दियो पोस्ट  

काठमाडौं, ८ वैशाख । पछिल्लो समय २०७५ सालको अन्तिम साता एकै पटक सरकारी जग्गा व्यक्तिको नाममा पास गरेको भन्ने समाचारले प्राथामिकता पाएको छ । सरकारी जग्गा जुन प्रधानमन्त्री निवासकै जग्गा व्यक्तिको नाममा मात्रै होइन सत्ता पक्षकै नेता तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नाममा खरिद गरेको समाचार चर्चामा छ ।


चर्चामा रहेको यो काण्ड आजभन्दा चार वर्ष अघि नै एक दैनिक पत्रिकाले खुलाशा गरेको पाइएको छ ।


राजधानीबाट प्रकाशित हुने आर्थिक दैनिक पत्रिकाले ‘आफूले चार वर्ष अघि नै उक्त समाचार सार्वजनिक गरेको’ आजको मुख्य समाचारमा उल्लेख गरेको छ ।

२०७२ वैशाख १० गते विहिबार वर्ष ६ अंक १५४१ को अंकमा ‘अख्तियारबाटै गृहमन्त्तालयको एक सय ४४ रोपनी जग्गाको फाइल गायव समरजंग कम्पनीको नाममा रहेको बालुवाटारको जग्गा खोज्न गृहद्वारा भूमिसुधार मन्त्रालयलाई पत्राचार’ शिर्षकमा समाचार छापेको थियो ।


समाचार प्रकाशन भएपछि गठन गरिएको छानबिन आयोगले छानबीन गरेपनि प्रतिवेदन भने सार्वजनिक गरेको थिएन ।


गत वर्ष २०७५ फागुन २८ गते मन्त्रिपरिषद वैठकबाट दर्ता रद्द गर्ने निर्णय गरेसँगै अहिले सरकारी जग्गा व्यक्तिगत बनाएको बारे समाचार अन्य मिडिया हाउसहरुले सार्वजनिक गरेका छन् ।