यौन दुराचारी एनआईसी एशिया बैंकका शाखा प्रमुख सुवेदीलाई छुटाउन अदालतमै सेटिङ !

दियो पोस्ट  


पोखरा, वैशाख १२ । पोखराकी एक किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रमुख सुवास सुवेदीलाई जिल्ला अदालत कास्कीले ३ लाख धरौटीमा रिहाई गरेको छ । स्रोतका अनुसार सुवेदीलाई छुटाउन बैंककै उच्च अधिकारीले अदालतमा सेटिङ मिलाएका थिए ।

उनीसँगै किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सुन्दर कुमार श्रेष्ठ पनि गत वैशाख ३ गते नै छुटेका छन् । श्रेष्ठलाई भने जिल्ला अदालतले ५ लाख धरौटी माग गरेको थियो ।

१६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठ र र्दुव्यवहारको आरोपमा सुवेदीलाई कास्की प्रहरीले चैत्र १८ गते पक्राउ गरेको थियो ।

त्यसपछि पहिलो पटक ६, दोश्रो पटक १० दिन गरि आइतबार तेस्रो पटक ५ दिनको लागि म्याद गरि अनुसन्धान गरेको थियो ।


उच्च स्रोतका अनुसार जिल्ला अदालत कास्कीका न्यायधीशहरुलाई बैंकका उच्च अधिकारीले आर्थिक चलखेल गरी सेटिङ मिलाएका थिए ।


सञ्चार माध्यममा आधा अर्ब भन्दा बढी विज्ञापनमा लगानी गरेर चर्चामा आएको एनआइसि एशिया बैंककै शाखा प्रमुख बलात्कार काण्डमा परेपछि पोखारमा बैंक नै धाराशायी बन्ने चर्चा हुन थालेको छ ।

छिमेकीको घरमा घरेलु काम गर्ने बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए ।