काठमाडौं, १२ वैशाख । मुलुकको प्रमुख प्रशासकिय केन्द्र सिंहदरबार भित्रै भारतीय एभरेष्ट बैंकको शाखा छ । सिंहदरबार भित्रैबाट कतिपय गोप्य डाटा समेत भारतले लैजाने गरेको यसअघि नै सार्वजनिक भएको हो ।
सिंहदरबार भित्रै अर्थात प्रधानमन्त्री कार्यालयकै सचिवले एउटा बैंकको मार्केटिङ गरेको खुलाशा भएको छ । यसअघि अर्थ मन्त्रालयमा रहँदा राजश्व सचिव रहेका ढुङ्गानाले नीजि क्षेत्रको विवादित बैंक मध्ये पर्ने प्रभु बैंकको मार्केटिङ गरेको पाइएको हो । ढुङ्गानाकै सेटिङमा नेपाल भारत सिमामा रहेका विभिन्न भन्सार कार्यालयहरुले सरकारी बैंकमा सञ्चालन गर्दै आएको खाता प्रभु बैंकमा सारिएको छ ।
स्रोतका अनुसार ढुङ्गानाले ८ वटा भन्सार कार्यालयको बैंक खाता सरकारी बैंकबाट हटाएर प्रभु बैंकमा सरुवा गराएका छन् । यसअघि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लगायत सरकारी बैंकहरुमा भन्सारको कारोबार हुने गरेको थियो ।
सिमाका भन्सार कार्यालयबाट प्रभू बैंक मार्फत कारोबार गराएपछि ढुङ्गानालाई अश्वभाविक आर्थिक लाभ भएको उच्च स्रोतको दाबी छ ।
हाल राष्ट्रपतिसँगै चीन भ्रमणमा गएका प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन र तत्कालिन राजश्व सचिव ढुङ्गानाबीच विभिन्न समयमा राजधानीको तारे होटलमा वार्ता भएको स्रोतको दाबी छ ।
गत मंसिरमा ढुङ्गाना राजश्व सचिवबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । प्रधानमन्त्री कार्यालयमा काम गर्ने कर्मचारी भएपनि उनी भने प्रभु बैंकको मार्केटिङमा व्यस्त हुने गरेको उनकै कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।
१९ महिनासम्म एक छत्र रुपमा राजश्व सचिव रहेका ढुङ्गानाले प्रभु बैंकलाई राजश्व छलीमा समेत उन्मुक्ति दिएको स्रोत बताउँछ ।
यसअघि प्रधानमन्त्री कार्यालयमा सरुवा भएको दई दिनमै ढुङ्गानाले अदालतको अपहेलना गरेको ठहर गर्दै उच्च अदालत पाटनले जनही ३ हजार जरिवाना तिराएको थियो । विमानस्थलको एयर कर्गोसम्बन्धी ठेक्कामा ढुङ्गाना हर्ताकर्ता थिए । सोही प्रकरणमा उनलाई अदालतले अबहेलना गरेको अभियोगमा सजाय तोकेको हो ।