कर्णेलको घरमा सिपाहीको लास भेटिएपछि जंगीअड्डामा खैलाबैला, कर्णेलमाथि कारबाहीको दबाव !

दियो पोस्ट  

काठमाडौं, १५ वैशाख । नेपाली सेनाका कर्णेल सुशील कुमार थापाको इमाडोल स्थित निजी निवासमा मृत अवस्थामा सिपाहीको शव भेटिएको घटनाले जंगी अड्डामा खैलाबैला मच्चिएको छ ।


प्रधानसेनापति पुर्ण चन्द्र थापाले घरायसी काममा रहेका सेनाका जवान तथा कर्मचारी फिर्ता बोलाएको औपचारिक घोषणा गरेपनि थापाको निवासमा भने घरायसी काममै रहेका सैनिक जवान प्रदीप तामाङको रहस्यमयी तरिकाले मृत्यु भएपछि शैनिक मुख्यालयमा चर्चा शुरु भएको छ ।
प्रधानसेनापति पुर्णचन्द्र थापालाई केही कर्णेलहरुले सिपाहीको हत्या भएको भन्दै कर्णेल सुशील कुमार थापालाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

इमाडोल स्थित नेपाली सेनाका कर्णेलको घरमा सिपाहीको लास, हत्या गरिएको आशंका !


शनिबार मध्यरातमा थापाको निजी निवास इमाडोलमा कार्यरत सैनिक जवान प्रदीप तामाङ झुन्डिएको अवस्थामा फेला परेको थियो । तर, मृतक तामाङले आफ्नी श्रीमतीलाई आफूलाई कसैले मार्न लागेको सन्देश पठाएको प्रमाण दियोपोस्टमा सार्वजनिक भएपछि घटनाले अर्को रुप लिएको छ । मृतककी पत्नि शान्ति तामाङलाई शनिबार राती १० बजेर ११ मिनेट जाँदा मोबाइलबाट सन्देश पठाएको पाइएको थियो ।


मृतकका आफन्तले कर्णेल तामाङको घरमा विभिन्न अवैध धन्दा हुने गरेको र सोही धन्दाबारे प्रदीपले थाहा पाएपछि हत्या गरिएको आरोप लगाएका छन् ।


नेपाली सेनाको अति विशिष्ट व्यक्तिहरुको सुरक्षा गर्ने सेवा निर्देशनालयमा कार्यरत कर्णेल थापा शक्तिशाली मानिन्छन् । उनी मातहत रहने सेनाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायधीश, सभामुख लगायत व्यक्तिहरुको सुरक्षा दिने भएकाले उनी ठूला नेताहरुलाई सहजै प्रभावमा पार्न सक्ने व्यक्ति हुन् ।

कर्णेलको घरमा मृत भेटिएका सिपाहीको श्रीमतीलाई मध्येराती म्यासेज : ‘मलाई मारिदियो ल’ !