मेडिकल सामग्री खरिद घोटालाको समाचार नै ‘ब्लक’ : प्रधानमन्त्रीकै आइटी विज्ञ समलग्नताको खुलाशा !

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चौतर्फी आलोचनाको केन्द्रमा छ । खासगरी सल्लाहाकारहरुको विभिन्न विवादास्पद गतिविधिका कारण पनि प्रधानमन्त्रीको आलोचना आकाशिने गरेको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि खरिद गरिएको मेडिकल सामग्री खरिदको विषयमा सरकारको चौतर्फी आलोचना मात्रै भएन प्रधानमन्त्रीकै राजनीतिक सल्लाहाकार विष्णु रिमाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पुत्र समेत चर्चामा आए ।


पोखरेलका पुत्र स्वराज पोखरेल र रिमालका छोरा क्षितिज रिमाल मेडिकल सामग्री खरिदमा समलग्नता रहेको समाचार राजधानीबाट प्रकाशित हुने अनलाइन काठमाण्डु प्रेसले प्रकाशन गरेको थियो । उक्त समाचारका प्रधानमन्त्रीका सुचना प्रविधि विज्ञ भनिएका अष्गर अलीको समेत समलग्नता रहेको उल्लेख थियो । तर, उक्त समाचार यतिबेला हटाइएको छ ।

समाचार मात्रै हटाइएको छैन समाचार प्रकाशन गर्ने अनलाइनमाथि साइबर हमला गरी ‘नखुल्ने’ बनाइएको छ ।
कसमस विश्वकर्मा प्रधानसम्पादक रहेको काठमान्डु प्रेसले आफ्नो समाचार पोर्टल अष्गर अली समुहले ह्याक गरेको आरोप लगाएको छ । अलि इसेवा नामक कम्पनिका मालिक हुन् ।


एफवान सफ्ट इन्टरनेश्नल नामक कम्पनिले आफ्नो भगीनी संस्थाको रुपमा खडा गरेको सिरान टेकनोलोजीले काठमाण्डु प्रेसको वेभ डोभलोप गरेको थियो । यो कम्पनिमा अष्गर अली, विश्वास ढकाल सुभाष सापकोटा लगायत ५ व्यक्तिको शेयर रहेको जनाइएको छ ।


काठमाडौं प्रेसले अष्गर अलीसहितको नाम जोडेर समाचार प्रकाशन गरेपछि कम्पनिका अध्यक्ष विश्वास ढकालले समाचार हटाउन तिब्र दबाव दिएका थिए । तर, दबावका बावजुत पनि समाचार नहटाएपछि वेभडेभलोपर कम्पनि स्वयंले हटाएको थियो । काठमाडौं प्रेसले हटाएको समाचार पुन प्रकाशन गरिसकेको छ ।


अलि र ढकाल मालिक रहेको एफ वान सफ्ट इन्टरनेश्नलको पूर्ण स्वामित्वमा इसेवा फोनपे प्रा.ली नामक कम्पनि रहेको कम्पनि दर्ताको किताबमा देखिन्छ ।

सम्बन्धित खबर