नेपालमा छैटौं कोरोना संक्रमित भेटिए : कतारबाट काठमाडौं आएका थिए संक्रमित

दियोपोस्ट संवाददाता

काठमाडौं, २० चैत्र । नोभेल कोरोना भाइरस कोभिड १९ को छैटौं संक्रमित भेटिएको छ ।

चैत्र ४ गते कतारबाट नेपाल आएको क्यु आर ६५२ नम्बरको कतार एयरको विमानमा सवार व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उक्त विमानमै आएका अन्य २ जनालाई समेत यस अघि नै कोरोना भाइरस संक्रमण देखिएको थियो ।

सम्बन्धित खबर