कविताः ‘निको हुदैछ रे ओजन तहहरु’

कविताः ‘निको हुदैछ रे ओजन तहहरु’

नदेखिने शत्रुले उडाई लान्छ कि के हो प्राण पखेरु ?
आफैलाई जोगाउँ कि रु या म कसैको मुख हेरु ?
चित्तकार र चिहान बनेको छ संसारको परिचय
तर लास माथि पनि मौलाएका छन् डरका खेतीहरु

मृतक को गन्ती अनि !
हस्पिटल, शोधकर्ता, डाक्टर , नर्स, दबाई,
माक्स, ह्याण्ड स्यानिटाईजर, भ्याक्सिन
यस्तै शब्दमा सजिएका छन् आजकलका गित र गजलहरु
जैबिक हतियार र शब्दका युद्धहरु
सानो मगजले सुल्झाउनै गाह्रो हुने
यो दाऊपेच र यी मृत्युका खेलहरु

उफान, तुफान, भुकम्प, भुक्षय, अतिबृष्टि, अनाबृष्टि, महामारी, अनिकाल र सलहका हुलहरु
सामान्य मानिसको मनस पटलले ठम्याउनै गाह्रो हुने यो दैवका खेलहरु
तर लाश माथि पनि मौलाएका छन्
कुटिल रक्त पिपासुका जाल र झेलहरु

रातका रुढी, अनि आकाशका चिन्हहरु
आधा मात्र देख्छम् हाम्ले महान योजनका पाटाहरु
मुखमा मकुण्डो लाउन पर्छ रे, हात मिलाउन हुन्न रे
गला मिलाउन हुन्न रे, चुम्मन गर्न हुन्न रे
र हात घरी घरी धुन पर्छ रे
यि हुन् रे ज्यान बचाउने बाटाहरु

तर हजुर !
नकरात्मक भित्रको सकरात्मक समाचार
विद्धान पुष्टि गर्छन् प्रकृति सताब्दिकै सुन्दर
देखिएको छ रे धर्तिको !
मान्छेहरु बिमार छन्
तर मान्छेले बिमार बनाएको
निको हुदैछ रे ओजन तहहरु

-अमृत परियार

Trending News